logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सप्तरीमा दुई राउण्ड हवाइफायर, लागुऔषधसहित दुई जना पक्राउ


  • जन आकाश
  • आइतबार, साउन १८ २०८२

सप्तरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।



काठमाडौं । आइतबार बिहान ११ः२५ विष्णुपुर गाउँपालिका १ बडिबिरपुरबाट दुई सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।

पक्राउ पर्नेमा २७ वर्षीय विशाल राय र मनोज राय छन्।
उनीहरूलाई पक्राउ गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो।

ब्युरोसँगै स्थानीय प्रहरी पनि खटिएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend