logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


  • जन आकाश
  • आइतबार, साउन १८ २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने तयारी छ ।



प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो ।

बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।
उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् ।

प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै राति ११,५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend