जन आकाश
काठमाडौं । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा यात्रुवहाक गाडी दुर्घटना भएको छ।
आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका(२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढ जाँदै थियो।
बा २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले बताए।
उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट टोली खटिएको छ।
क्षति विवरण आइसकेको छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend