logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सप्तकोशी नदीमा पानीको बहाब उच्च, २३ ढोका खोलियो


  • जन आकाश
  • सोमबार, साउन १९ २०८२

काठमाडौं । वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब उच्च भएको छ। सोमबार बिहान ९ बजेपछि कोशी ब्यारेजमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ६९ हजार ४४५ क्यूसेक मापन भएको छ।



आज बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले बताए। कोशी ब्यारेजमा एक लाख ५० हजार भन्दामाथि पानीको बहाब भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ।

सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend