logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

महाकाली नदीमा बाढीको जोखिम, शारदा ब्यारेजबाट सवारी चलाउन रोक


  • जन आकाश
  • मंगलबार, साउन २० २०८२

काठमाडौं । महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ ।



नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे साधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले मंगलबार बिहान पानीको सतह बढेर एक लाख २४ हजार क्युसेक पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको जानकारी दिए ।

महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक पुगेपछि खतरा मानिन्छ । तराईमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा निरन्तर वर्षा हुँदा महाकालीमा जलसतह बढेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend