logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेपाली युवालाई भारत लगेर मिर्गौला झिक्ने गिरोह ४ जना पक्राउ


  • जन आकाश
  • बिहिबार, साउन २२ २०८२

काठमाडौं । नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना काठमाडौं र काभ्रेबाट पक्राउ परेका छन् ।



मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २र२ जनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जनालाई भारतका दिल्ली र नोयडा पुर्‍याएर मिर्गौला निकालेको खुलेको छ ।

संगठित गिरोहले प्रतिव्यक्ति ५ देखि ७ लाखसम्म रकम दिएर नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुलेको ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए ।

संगठित गिरोहले देशका विभिन्न जिल्लाबाट युवालाई भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुलेको छ, उनले भने, कति व्यक्तिलाई भारत पुर्‍याइयो र कसलाई कति रकम दिएर मिर्गौला निकालियो भन्नेमा अनुसन्धान जारी छ । मिर्गौला निकालिएका केही व्यक्ति प्रहरी सम्पर्कमा आएको पनि उनले बताए ।

गिरोहले आर्थिक अवस्था नाजुक भएका व्यक्तिलाई प्रलोभन दिएर भारत पुर्‍याउने र त्यहीँ मिर्गौला निकालेर नेपाल पठाउने गरेको पाइएको छ ।

यसअघि काभ्रेका होक्सेलगायत ठाउँका मानिसलाई गिरोहले यसैगरी संगठित रुपमा भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको तथ्य उजागर भएको थियो ।

एसएसपी पंगेनीले ब्युरोबाट गिरोहको धन्दामाथि विशेष अपरेसन चलाइएको र यही क्रममा ४ जनालाई पक्राउ गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend