logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु


  • जन आकाश
  • आइतबार, साउन २५ २०८२

काठमाडौं ।  फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ।



यस पहलको उद्देश्य फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नु हो। यो विस्तृत सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारी साधनलाई समेट्छ। सहभागीहरूले क्याम्प अवधिभर स्पेयर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५५ सम्म छुटको फाइदा लिन सक्नेछन्।

प्याकेजमा निःशुल्क सवारी वाश र ग्रीजिङ सेवा समेत समावेश छ, जुन वर्षायामको हिलो सडकमा विशेष लाभदायक हुनेछ। साथै, ग्राहकहरूका लागि निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पनि उपलब्ध हुनेछ, जसले सवारीसाधन मात्र होइन, चालकको सम्पूर्ण स्वास्थ्यप्रति पनि फोटोनको प्रतिबद्धतालाई मजबुत बनाउँछ।

फोटोन टोटल केयरका दक्ष प्राविधिकहरूले प्रत्येक सर्भिस स्टेसनमा निःशुल्क विस्तृत सवारी परीक्षण गर्नेछन्। यी जाँचहरूले पावरट्रेन, इलेक्ट्रिकल कम्पोनेन्ट, चेसिस र संरचनात्मक भागसहितका सबै महत्वपूर्ण प्रणालीलाई समेट्नेछन्, जसले सवारीलाई पूर्ण रूपमा तयार अवस्थामा राख्छ।

यो सर्भिस क्याम्पको समय वर्षायाममा व्यावसायिक तथा व्यक्तिगत दुवै प्रकारका सवारीहरूमा ज्यादा आइपर्ने समस्यालाई ध्यानमा राखेर तय गरिएको हो। यसमा सहभागी भएर गाडी धनीहरूले सवारीको भरपर्दो सञ्चालन कायम राख्न र प्रतिकुल मौसममा आइपर्ने आकस्मिक मेकानिकल खराबीहरूबाट बच्न सक्नेछन्।

यो अभियान गुणस्तरीय सर्भिस, अथेन्टिक पार्ट्स र दक्ष प्राविधिकहरू मार्फत व्यापक आफ्टर सेल्स सर्भिस र ग्राहक सेवाप्रति फोटोनले दर्शाएको प्रतिबद्धताको उदाहरण हो।

मेगा मनसुन सर्भिस क्याम्प दुई महिनासम्म नेपालभरका आधिकारिक सर्भिस नेटवर्कमा सञ्चालन हुनेछ। फोटोनले सबै सवारी धनीलाई यस विशेष अवसरको उपयोग गर्न प्रोत्साहित गर्दछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend