जन आकाश
काठमाडौं । विश्वकै एकमात्र कालाग्नि रुद्रपीठ लड्केश्वर धामले निरन्तर धार्मिक तथा सांस्कृतिक गौरवको नयाँ आयाम थप्दै आएको छ । हालै सम्पन्न भएको विश्वकै अग्लो शिव त्रिशूल निर्माण र ७७ वटै जिल्लामा सम्पन्न भव्य रथयात्रापछि आज पुनः अर्को
ऐतिहासिक क्षण धामको काखमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र सन्त समाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द महाराजको संयुक्त करकमलबाट लड्केश्वर धामको विशेष ‘निशानी’ अनावरण गरिएको हो
कार्यक्रममा विद्वान प्रा. डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो। लक्ष्मण पन्थी, राजनीतिज्ञ मधु आचार्य, पनौती नगरपालिका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिका
अध्यक्ष भगवान अधिकारी, वडा अध्यक्ष विपिन लामा, पीठाचार्य अरुण कुमार पाण्डे, ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, कोटिहोमका गुरुहरूलगायत दानदाता र भक्तजनहरूको उपस्थितिले माहोल भव्य बनेको थियो ।
पीठाधीश मुकुन्द शर्मा हुमागाईको संकल्पअनुसार ‘राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा’ नामक अभियान अन्तर्गत यो ६.५ केजी शुद्ध चाँदीको निशानीलाई ७७ वटै जिल्लामा शास्त्रीय विधिअनुसार लैजाने र दर्शन गर्न नपाएका भक्तजनलाई पनि
दर्शनको अवसर दिने तयारी भएको छ । यात्राको सुरक्षा र व्यवस्थापनका लागि गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार भइसकेको र यात्राका लागि विशेष रथ तयार पारिएको जानकारी पीठाधीशले दिनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend