जन आकाश
काठमाडौं । नेपालको अग्रणी अन-डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ। यो सेवा मात्र रु. १००० बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ।
उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, हावा चिसो नआउनु, आवाज आउनु, वा अत्यधिक बिजुली खपत हुनुजस्ता समस्याहरू आम देखिन्छन्। यस्ता समस्या समाधान गर्न वा रोकथाम गर्नका लागि प्रत्येक ६ महिनामा वा वर्षमा एक पटक एसीको सर्भिसिङ अनिवार्य हुन्छ।
“गर्मी मौसममा एसी बिग्रनु भनेको असहज स्थिति झेल्नु हो। नियमित सर्भिसिङले मात्र एसीलाई राम्रो स्थितिमा राख्न, आयु बढाउन र चिसो तथा सफा हावा प्राप्त गर्न सकिन्छ। हाम्रो सेवाहरु छिटो र भरपर्दो तरिकाले अनुभवी र दक्ष प्राविधिकहरु मार्फत उपलब्ध छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend