logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्री ओलीको भारत भ्रमण सेप्टेम्बर १६ देखि, बोधगयामा मोदीसँग भेटवार्ता हुने


  • जन आकाश
  • आइतबार, भाद्र १ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहारमा भेटवार्ता हुने भएको छ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६,१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने तय भइसकेको छ।



मोदीसँग बिहारको बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। बोधगया बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो।

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।

प्रधानमन्त्री ओलीको भारत भ्रमण र मोदीसँगको भेटवार्ताको तयारीबारे छलफलका लागि भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आउँदैछन्।

परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै मिस्री आइतबार नेपाल आउन लागेको जानकारी दिएको छ।

परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणमा उनी नेपाल आउन लागेको विज्ञप्तीमा उल्लेख छ। नेपालमा रहँदा उनले सचिवस्तरीय छलफल र उच्च पदस्थहरूलाई पनि भेट्ने भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

दुई देशबीचको आपसी चासो, विकास सहकार्य र कनेक्टिभिटीबारे छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले पनि भारतीय विदेश सचिवको आसन्न भ्रमण दुवै देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा निरन्तरता र द्विपक्षीय सम्बन्धलाई अझै अगाडि बढाउने अवसर हुने भनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend