logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी


  • जन आकाश
  • आइतबार, भाद्र १ २०८२

काठमाडौं । जंगलबाट ल्याएको च्याउ खाएपछि रोल्पामा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।
परिवर्तन गाउँपालिका – २ राङसीकी ७४ वर्षीया निर्मला वलीको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ



निर्मलाका श्रीमान ८१ वर्षीय भागीराम वलीको सोही अस्पतालमै उपचार जारी छ । वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ तरकारी खाएका थिए।

त्यसपछि उनीहरु बिरामी परेका थिए। उनीहरु स्थानीय मेडिकलमा उपचारका लागि गएका थिए। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि साउन २९ गते राति ९ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

घोराहीस्थित प्रतिष्ठानमा उपचारका क्रममा निर्मलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता यादवप्रशाद शाहीले बताए ।
शव पोष्टमर्टमका लागि घोराहीमै राखिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend