जन आकाश
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका(७) स्पेसलचोकस्थित सडकमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
बागमती प्रदेश ०२(०४१ प ६८१९ को स्कुटर र प्रदेश ३(०२(००२ प ५७२) को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएका थिए ।
दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई शिक्षक अस्पताल पुर्याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend