logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आठबिस नगरपालिकामा नेपाली काँग्रेस र स्थानीय सरकारबीच छलफल, माग सहमति कार्यान्वयनमा जोड


  • जन आकाश
  • मंगलबार, भाद्र ३ २०८२

विनोद नेपाली



काठमाडौं । आठबिस नगरपालिकामा नेपाली काँग्रेस आठबिस नगर कार्यसमिति र स्थानीय सरकारबीच विभिन्न विकास र सेवा प्रवाहका विषयमा द्विपक्षीय छलफल सम्पन्न भएको छ।

नेपाली काँग्रेस नगर कार्यसमितिले विगतमा विभिन्न मितिमा ध्यानाकर्षण पत्र, प्रेस विज्ञप्ति र ज्ञापनपत्रमार्फत उठाएका मागहरू समयमै सम्बोधन नभएको भन्दै पुनः कार्यान्वयनको मागसहित स्थानीय सरकारसँग छलफल गरेको छ

नगरपालिकाको कार्यालय राकमकर्णालीमा सम्पन्न उक्त छलफलमा नगर प्रमुख तर्क बहादुर बडुवाल, उपप्रमुख कल्पना कुमारी थापा, पूर्व प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीको उपस्थितिमा महत्त्वपूर्ण सहमति र निर्णयहरू गरिएको नेपाली काँग्रेस नगर सभापति अर्जुुन बहादुर शाहीले बताउनु भयो ।

नेपाली काँग्रेस आठबिस नगर सभापति अर्जुन बहादुर शाहीका अनुसार बाँकी रहेका निर्णयहरूको कार्यान्वयन र आगामी योजनाका सन्दर्भमा नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग गहिरो छलफल गरिएको  जानकारी दिनुुभयो ।

भूमिहीन दलित, सुकुम्बासी र विपन्न समुदायलाई आवास व्यवस्थापनमा सहयोग गरिने, आन्तरिक राजस्व विवरण सार्वजनिक गरिने र वडा–टोलस्तरीय विकास संस्था गठन गरिने निर्णय गरिएको छ।

नगरपालिकाले कृषि बीमा वितरणलगायत बाँकी रहेका कार्यक्रमहरू चाँडै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको छ। नगर प्रमुखका अनुसार सार्वजनिक खर्च र आम्दानीको विवरण त्रैमासिक रूपमा वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

दुवै पक्षका प्रतिनिधिहरूले सहमति कार्यान्वयनमा गएपछि नगरवासीले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गरेका छन्। स्थानीय तहमा पारदर्शिता, सुशासन र विकासलाई सुनिश्चित गर्ने उद्देश्यले गरिएको यो सहमति महत्वपूर्ण उपलब्धि भएको काँग्रेस नगर सभापति अर्जुन बहादुर शाहीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend