logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेपाली सेनामा अधिकृत क्याडेटका लागि २८० जनामा भर्ना खुला, असोज ४ सम्म आवेदन दिन सकिने


  • जन आकाश
  • शुक्रबार, भाद्र ६ २०८२

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलेको छ । भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुलेको हो ।



खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ ।

यसैगरी महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको छ ।
दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ४ गतेसम्म छ । दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ

असोज ५ गतेपछि ११ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त बुझाउन सकिन्छ ।

हेर्नुहोस् भर्ना आह्वानको सूचना,

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend