logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बृहत रक्तदान कार्यक्रम ग्रीनसिटी हस्पिटलको सहकार्यमा


  • जन आकाश
  • शुक्रबार, भाद्र ६ २०८२

काठमाडौं । ब्रह्माकुमारी राजयोग नेपाल समाजसेवा प्रभागको आयोजनामा मेगा रक्तदान अभियान सन्चालन हुने भएको छ ।



रक्त अभावलाई न्यूनिकरण गर्दै समाजमा भाईचाराको बिकास गर्न तथा मानव स्वास्थ्यमा बिशेष चासो दिदै यो कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागले जनाएको छ । रक्तदान कार्यक्रमलाई मेगा रक्तदान अभियानको रुपमा अगाडी बढाउँदै प्रभागको अगुवाईमा देशैभर १३२ स्थानमा एकै समयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

यस कार्यक्रममा बिभिन्न स्थानिय तथा राष्ट्रिय स्तरका संघ संस्था संगको सहकार्यमा कार्यक्रम सन्चालन गरिने छ । यसैबिच काठमाडौंको बसुन्धारा,चौकीमा रहेको ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा यहि भाद्र ६,७,८ र ९ गते ग्रीनसिटी हस्पिटलको प्रागणमा बृहत रक्तदान कार्यक्रम संचालन हुने भएको हो ।

कार्यक्रममा सह आयोजकको रुपमा ब्लोदान काठमाडौं जिल्ला मध्यक्षेत्र , चक्रपथ सरसफाई महाअभियान तथा रोटरी क्लब अफ काठमाडौं डाउनटाउन रहने छन् भने सहयोगी संस्थाको रुपमा यती हेल्थ साईन्स् एकेडेमी महाराजागन्ज — ३ तथा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल रहने छन् ।

यस्तै कार्यक्रमको मिडिया सपोर्टरको रुपमा तुफान न्यूज डटकम, नेपाली मिडिया अनलाईन टि भी ,राष्ट्रिय खबर डटकम तथा रोज नेपाल अनलाईन टिभी रहेका छन् ।

लगातार ४ दिन सम्म चल्ने उक्त कार्यक्रमको व्यवस्थापन सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतले गरिरहेका छन् । ग्रीन सिटी हस्पिटलका अध्यक्ष तथा चक्रपथ सरसफाई महाअभियानका संयोजक लोक बहादुर टण्डन तथा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीकी मुख्य सन्चालिका ब्रह्माकुमारी श्रृजना का अनुसार ४ दिनमा ४०० प्रिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न बिभिन्न शैक्षिक संस्था, नेपाल प्रहरी ,ससश्त्र प्रहरी बल तथा नेपाली सेना र अन्य स्थानिय संघ संस्था संग सहयोगको लागि पहल समेत गरिएको छ । मेगा रक्तदान अभियानमा सहभागि हुन आयोजक तथा सहआयोजक संस्थाहरुले आम नागरिकहरुमा अपिल समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend