logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

काठमाडौंबाट आरूघाट जाँदै गरेको बस दुर्घटनामा २१ घाइते


  • जन आकाश
  • मंगलबार, भाद्र १७ २०८२

काठमाडौं । काठमाडौंबाट गोरखाको आरूघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।



बा०१–००६ख ४१३१ नम्बरको बस मंगलबार बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए। घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend