logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु


  • जन आकाश
  • बुधबार, भाद्र १८ २०८२

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।



पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो ।
घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो । यस सम्बन्धी थप विवरण आउन बाँकी छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend