जन आकाश
काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमा डिभाइडर निकालेर गमला राख्ने अभियान थालेको छ।
केही समयदेखि महानगर परिसरभित्रका विभिन्न ठाउँहरूमा कंक्रिट ट्राफिक डिभाइडरको ठाउँमा कंक्रिट गमलामा बिरूवा रोपेर राख्दै आएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।
उनका अनुसार अहिले त्यस्ता गमला महानगरले कुपण्डोल, कान देवतास्थान, पुल्चोक, जावलाखेल, बालकुमारी र ग्वार्खो लगायत क्षेत्रमा राखेको छ।
ललितपुर महानगरलाई हरियाली बनाउन मेयर साबले यस्तो गर्ने भन्नुभएको हो,उनले भने, मानिसहरूले गाडी प्रतीक्षा गर्दा वातावरण सौन्दर्य देखियोस् र यसले वातावरणमा टेवा पुर्याओस् भन्ने उद्देश्य हो।
अहिलेसम्म महानगरले डिभाइडर हटाएर ३७१ वटा गमला राखेको उनले बताए।
अब महानगर परिसरभित्र डिभाइडरको ठाउँमा सबै गमला राखिनेछ,उनले भने,यो काम एक महिनाभित्र सकिसक्ने लक्ष्य राखेका छौं।ु
यस्तै, बिरूवाको स्थितिबारे दैनिक रेखदेख हुने गरेको उनले बताए डिभाइडर हटाएर गमलासहित बिरूवा राखेपछि दुर्घटना पनि कम हुन थालेको उनको दाबी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend