जन आकाश
काठमाडौं । सुनसरीको झुम्का कारागारमा फैलिएको स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको छ
सयौँ कैदीबन्दीमा ज्वरो, शरीर दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानले यस्तो कदम चालेको हो । प्रारम्भिक अनुसन्धानका आधारमा भाइरल सङ्क्रमणको आशङ्का गरिएको छ ।
भदौ १८ गते साँझ ७ बजे कारागारमा भाइरल फैलिएको बिरामीबारे प्रतिष्ठानलाई जानकारी दिइएको थियो । लगत्तै अस्पताल निर्देशकको अध्यक्षतामा मेडिसिन, इमर्जेन्सी मेडिसिनरजनरल प्राक्टिस, एनेस्थेसियोलोजी लगायतका विभिन्न
विभागका चिकित्सक, नर्स र ल्याब प्राविधिक गरी सदस्यीय आरआरटी गठन गरेर सेवा सुरु गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा। अभिजीत कुमारले विज्ञप्ति जारी जानकारी दिएका हुन् ।
आरआरटीले सरुवा रोगको सम्भावित महामारीलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाएर स्थलगत अवलोकन, जाँच पड्ताल र उपचार प्रदान गरेको छ ।
करिब १ हजार ८ सय कैदीबन्दी रहेको कारागारमा ४ सय जनामा समस्याको आशंका गरी स्क्रिनिङ गरिएकोमा अधिकांशमा ‘एन्जाइटी’ पाइएको थियो भने करिब १ सय जनामा उच्च ज्वरो लगायतका लक्षण देखिएको थियो ।
टोलीले विभिन्न ब्लक बनाएर स्क्रिनिङ गरेको थियो । पहिलो ब्लकमा सबैको ‘भाइटल टेस्ट’ (ब्लड प्रेसर, पल्स) रेस्पिरेटरी रेट, तापक्रम र एसपीओ २० जाँच गरिएको थियो, जसमा खराबी देखिएका बिरामीहरूलाई थप जाँच र उपचारका लागि अन्य ब्लकमा पठाइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend