logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

ऐतिहासिक पोखरीको संरक्षणका लागि ललितपुरमा अवैध संरचना भत्काइयो


  • जन आकाश
  • आइतबार, भाद्र २२ २०८२

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ।



आइतबार बिहान ३ वटा डोजर सहित सो क्षेत्रमा पुगेका नगर प्रहरीले वडा नं। ५ लगनखेलमा रहेको सरकारी जग्गा कित्ता नं। १०५ क्षेत्रफल जग्गामा निर्माण गरिएको संरचना भत्काएको हो।

नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समयसीमा नाघेपछि आज डोजर चलाईएको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए

महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरुको संरक्षण गर्ने नीति बमोजिम सो स्थानमा रहेको छ ।

पोखरीको जिर्णोद्वार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन हुनाले सो संरचना हटाइएको हाछेथुले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend