logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५ पुग्यो, ट्रमा सेन्टर र सिभिल अस्पताल घाइतेले भरिए


  • जन आकाश
  • सोमबार, भाद्र २३ २०८२

काठमाडौं । काठमाडौंको बानेश्वरमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
ट्रमा सेन्टरमा उपचारका लागिएका चार जनाको मृत्यु भएको ट्रमा सेन्टरका एक डाक्टरले जानकारी दिए।



त्यस्तै बानेश्वरकै सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको सिभिल अस्पतालका निर्देशक डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए।

योसँगै ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ।
ट्रमा सेन्टर र सिभिल अस्पतालमा घाइतेहरू भरिभराउ भएका छन्।

सोमबार दिउँसो ९ बजेदेखि सुरू भएको आन्दोलन पछि भड्किएको हो। प्रहरीले अश्रुग्यास, पानीको फोहरा प्रहार गरेको थियो। पछि गोली समेत प्रहार गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend