जन आकाश
काठमाडौं नयाँ बानेश्वर क्षेत्रमा जेनजी आन्दोलन शान्त देखिएको छ, तर तोडफोडका कारण सडक अस्तव्यस्त छन्।
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु हटेपछि आवतजावत सामान्य भएको छ। प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ।
काठमाडौँ । जेनजी आन्दोलनको केन्द्रबिन्दु बनेको नयाँ बानेश्वर क्षेत्र आज बिहान शान्त देखिएको छ । यद्यपि आन्दोलका कारण भएको तोडफोड र टुंगा हानाहानले सडक र आसपासका क्षेत्र असामान्य देखिएका छन् ।
यहाँ बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
यसअघि सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ५ बजेसम्म थप भएको थियो । प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भइसकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend