जन आकाश
काठमाडौं । काठमाडौंको कलंकी आसपास क्षेत्रका मंगलबार बिहानैदेखि प्रदर्शन सुरू भएको छ।
बिहान ८ बजेपछि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन सुरू भएको हो।
कलंकी चोक र खसीबजारमा प्रदर्शनकारीहरूले मूल सडकमा टायर बालेर नाराबाजी गरेका छन्। त्यहाँ खटिएका प्रहरीमाथि पनि ढुंगामुढा गरेका छन्।
प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयत्न गरेका छन्। ललितपुरको चापागाउँ, बानेश्वर लगायतका ठाउँमा पनि प्रदर्शन सुरू भएको छ।
उपत्यकाका तीन वटै जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend