logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

देशभर आन्दोलन, टायर बाल्दै नेतानिवास र सरकारी कार्यालय निशाना


  • जन आकाश
  • मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ ।



प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन्
मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड भएको छ । उनको निवास अघिको प्रहरी बिटमा आगजनी गरेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् । सोमबार सुनसरीको इटहरी नगरपालिकामा आन्दोलनकारी आगजनी गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend