logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रदर्शनमा ज्यान गुमाएकाहरूलाई १० लाख क्षतिपूर्ति, सहिद घोषणा गर्ने निर्णय


  • जन आकाश
  • आइतबार, भाद्र २९ २०८२

 काठमाडौं । काठमाडौं लगायत देशभर भएको प्रदर्शन क्रममा मृत्यु भएकाहरूको परिवारलाई १०र१० लाख दिने निर्णय भएको छ।



आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा सो निर्णय भएको जानकारी दिइएको हो।

प्रदर्शन क्रममा मृत्यु भएकाहरूले सहिद घोषणा गर्ने निर्णय गरेको पनि जानकारी दिइएको छ।
पदभार ग्रहणको प्रत्यक्ष प्रसारण गरिएको छ।

प्रदर्शन क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गरिने पनि कार्यक्रममा जानकारी दिइएको छ।

जेनजीको आह्वानमा भएको प्रदर्शन क्रममा गत सोमबार प्रदर्शनकारीहरू संसद भवन घेर्न पुग्दा सुरक्षाकर्मीले गोली चलाएको थियो। प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ।

त्यसमध्ये ५९ जना प्रदर्शनकारी,१० जना कैदी र ३ जना प्रहरी कर्मचारी रहेको पनि जानकारी दिइएको छ। त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ प्रहरी गरी १९१ जनाको उपचार भइरहेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend