जन आकाश
काठमाडौं । जेनजी प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटेराहरू प्रवेश गरेर रकम लुट्न सुरु गरे ।
ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश देउलाले रकम लुटेर फर्किनेहरूको भिडियो बनाउँदै थिए । भिडियो बनाउँदै उनले सोधे, ‘यसरी बैंक लुट्न मिल्छ
त्यसपछि एक जनाले उनलाई पैसाको बिटो फाल्दै भन्छन्, ‘ल, यही चाहिएको होइन रु’ भदौ २४ मा साँझ त्यसरी लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ ३७ वर्षीय देउल्लाले प्रहरीलाई बुझाएका छन् ।
भक्तपुर घर भएर ललितपुरको बंगलामुखी बस्दै आएका उनले जिल्ला प्रहरी परिसर ललितपुरमा गएर रकम बुझाएका हुन् । बानेश्वरमा लुटेराले फ्याँकेको रकम देउलाले बुझाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।
वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरेर अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend