जन आकाश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रर्दशनको क्रममा चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ।
सोमबार सूचना जारी गर्दै भदौ २३ र २४ गते प्रर्दशनको क्रममा चोरी भएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको हो।
अख्तियारले भदौ २४ गते केन्द्रीय कार्यालय काठमाडौंसहित इटहरी, पोखरा, हेटौँडा, बुटवल लगायतका कार्यालयहरूबाटमा क्रममा चोरी तथा लुटपाट भएको जनाएको छ।
त्यसक्रममा सवारी साधन, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पंखा चोरी भएको छ।
सिसीटिभी फुटेजमार्फत चोरी गर्नेलाई पहिचान गर्ने काम भइरहेकाले तत्काल सामान फिर्ता गर्न भनिएको छ।
अन्यथा अख्तियार कानुनी प्रक्रियामा अगाडि बढ्ने चेतावनी दिइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend