logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

हुम्लाका दुर्गम क्षेत्रहरूमा नेपाल टेलिकमको 4G सेवा विस्तार


  • जन आकाश
  • मंगलबार, भाद्र ३१ २०८२

काठमाडौं । नेपाल टेलिकमले हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा 2G र 4G सेवा सञ्चालन गरेको
नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका  मा 2G  र 4G सेवा यही मिति २०८२ भाद्र २५ गतेबाट सञ्चालनमा ल्याएको छ ।



द्धन् सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नं। १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमासेवाग्राहीहरू गुणस्तरीय 4G सेवाबाट लाभान्वित

भएका छन्। हुम्ला जिल्लाकै चंखेली गाउँपालिका ६ मा पनि नेपाल टेलिकमले यही भाद्र २७ गते बाट 2G  र 4G सेवा सञ्चालनमा ल्याएको छ ।

द्धन् सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं। ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय 4G  सेवाबाट लाभान्वित भएका छन् ।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend