logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

जेनजी प्रदर्शनमा उपत्यकामा २१८ प्रहरी भवन र सयौँ गाडी जले


  • जन आकाश
  • मंगलबार, भाद्र ३१ २०८२

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले काठमाडौँ उपत्यकामा प्रहरीका १ सय २२ भवनमा आगजनी गरेका छन् । आगजनीबाट भवन पूर्ण रूपमा जलेका छन् ।



उपत्यकामा रहेका ९६ वटा युनिटमा भने आंशिक क्षति पुगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । भदौ २४ मा भएको तोडफोड र आगजनीमा प्रहरीको कुल २१८ भवनमा क्षति पुगेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ । आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ ।

दुई पांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन् । साइबर ब्यूरोको ४ वटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीको ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा आगजनी गरिएको छ ।

रानीपोखरीमा जलेको अवस्थामा भेटिएको एउटा टोयोटा गाडी कसको हो भन्नेबारे खुलेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend