जन आकाश
काठमाडौं । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो।
बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो। तीनवटा एक्स्काभेटरले पहिरो पन्छाइएको हो।
पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend