logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मकवानपुरमा नेपाली सेनाको ट्रक दुर्घटना, ६ जना गम्भीर घाइते


  • जन आकाश
  • बुधबार, असोज १ २०८२

काठमाडौं । मंगलबार दिउँसो २ः५० बजे मकवानवपुरको हेटौंडा उपमहानगरपालिका(१५)र बाराको जितपुर सिमरा उपमहानगरपालिका(२२) को सिमाना पर्ने चुरियामाइमा सेनाका जवान लगायतका कर्मचारी सवार ट्रक दुर्घटना भएको हो।



मकवानपुर प्रहरीका अनुसार प्रधानसेनापती ब्यानर प्रतियोगिताको ट्याक्टिकल फायरिङमा सहभागी हुन श्री नं। २ राजदल गणबाट चारवटा ट्रक खैरेनीटारबाट धनुषातर्फ जाँदै थियो।

त्यसमध्ये लु १ ग २८० नं।को ट्रक पुल बाट अन्दाजी १०र१२ फिट तल खोल्सामा खसेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। तीमध्ये ६ जना गम्भीर घाइते भएका छन्।

गम्भीर घाइतेहरूमा हुद्दाहरू चक्रबहादुर बोहरा र हिरामान माझी, अमलदार टिकाराम कँडेल र सुनिल चौधरी, प्युठ भरत विक र सिपाही रोहित पाण्डे छन्।

उनीहरूलाई मंगलबार नै नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी वीरेन्द्र अस्पताल ल्याइएको छ। १० जना मध्यम घाइते छन्। उनीहरुलाई उपचारका लागि हैटौंडा अस्पताल लगिएको थियो। तीमध्ये ८ जना डिस्चार्ज भइसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend