logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

शिवम् शिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सरसफाई


  • जन आकाश
  • बुधबार, असोज १ २०८२

काठमाडौं । हालैको Gen–Z आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडकाकारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ ।



कम्पनीले  जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालय सरसफाई गर्नुका सार्थ दैनिक कार्य संचालन सहज बनाउन आवश्यकफर्निचर समेत सहयोग गरेको छ ।

कम्पनीका अनुसार, वर्तमान विषम्परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनहरुमा समेत निरन्तर श्रमदान तथा सरसफाई कार्यक्रम संचालनगर्ने जनाएको छ ।

शिवम् शिमेन्ट आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समुदाय र शहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

वर्तमान परिस्थितिमा समुदाय र शहरको पुन निर्माणकोलागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो । हामी आफ्नो सामाजिक जिम्मेवारी अनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend