जन आकाश
काठमाडौं । लुटिएका सामान हुनसक्ने भन्दै बिल नभएका सामान नकिन्न प्रहरीले अनुरोध गरेको छ। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले एक विज्ञप्ति जारी गर्दै बिल नभएका सामान किनबेच नगर्न अनुरोध गरेका हुन्।
भदौ २४ गते सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थहरू, व्यापारिक प्रतिष्ठनहरू लगायत व्यक्तिगत घरर भवनमा समेत आगजनी तोडफोड गरी लुटपाट भएका छन्।
सुन, चाँदी, हिरा लगायत सामान लुटपाट भएकाले त्यस्ता सामान बिक्री गर्न आउनसक्ने हुँदा बिना बिलका सामान नकिन्न प्रहरीले अनुरोध गरेको हो।
त्यस्ता सामान बिक्री गर्न आएमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ। लुटिएका सामान किन्नेलाई पनि कानुन बमोजिम कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend