logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेपाल टेलिकमको संविधान दिवस अफर: सस्तोमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध


  • जन आकाश
  • बिहिबार, असोज २ २०८२

काठमाडौं । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा नेपाल सरकारले २०८२ असोज ३ गते विशेष रुपमा मनाउन लागेको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि संविधान दिवस



अफर २०८२ उपलब्ध गराउने भएको छ । सो अफर २०८२ असोज २ गतेदेखि असोज ४ गतेसम्म लागु हुनेछ ।
यस अन्तर्गत रु। ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न

सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु। १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु, १९९ मा ७ दिनसम्म चलाउन

सकिने १३ जीबी डाटा, रु, २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु, ३९९ मा १५ दिनसम्म चलाउन
सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु। ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जीबी डाटा प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल

चार्जबाटै यो शुल्क काटिने सुविधा समेत उपलब्ध छ । आगामी असोज २ गतेदेखि असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*10# डायल गरेर वा;नेपाल टेलिकम एप’टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend