जन आकाश
काठमाडौं । अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ।स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो ।
घटनामा दुई प्रहरी गम्भीर घाइते भएको पनि बिबिसीले जनाएको छ। गोली चलाउने व्यक्ति र घटनाबारे प्रहरीले विस्तृत खुलासा नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीको जबाफी फायरिङमा गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको पेन्सिलभेनियाका प्रहरी कमिश्नर क्रिस्टोफर पेरिसले बिबिसीलाई बताएका छन्।
गम्भीर घाइते भएका दुई प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ। प्रहरी अधिकारीहरुको हत्या भएपछि पेन्सिलभेनिया राज्यका सरकारी कार्यालयहरुमा झन्डा आधा झुकाउने निर्णय भएको छ। टनाबारे पनि प्रहरीले विस्तृत अनसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend