logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेपाल प्रहरीमा ठूलो चहलपहल ९० जना डिएसपी एकैपटक सरुवा


  • जन आकाश
  • बिहिबार, असोज २ २०८२

काठमाडौं । नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) एकैपटक सरूवा भएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार डिएसपीको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



सरूवा सूचीको पहिलो नम्बरमा इलाका प्रहरी कार्यालय दाङमा कार्यरत डिएसी अनील ठकुरी छन्। उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय उजुरी छानबिन तथा मानवअधिकार शाखामा सरूवा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापालाई प्रहरी प्रधान कार्यालय सरूवा गरिएको छ। गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीलाई काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रूम रानीपोखरी सरुवा गरिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय सरूवा गरिएको छ।
प्रहरी वृत्त दरबारमार्गमा नारायण डाँगी आउने भएका छन्। उनी कर्णाली प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखा विरेन्द्रनगर सुर्खेतमा कार्यरत थिए।

काठमाडौंका अन्य विभिन्न वृत्तमा पनि इन्चार्ज फेरिएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमाललाई इलाका प्रहरी कार्यालय इटहरी सरूवा गरिएको छ। उनको स्थानमा दार्चुलामा कार्यरत डिएसपी प्रकाश दाहाललाई सरूवा गरिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend