जन आकाश
काठमाडौं । अन्तरिम प्रधानमन्त्री शुषिला कार्की नेतृत्वको सरकारले दलित समुदायका अभियानकर्ता खग्रेन्द्र सुनारलाई मन्त्रिपरिषदमा समावेश गर्ने तयारी गरेको छ।
सुनार लामो समयदेखि सडकदेखि संसदसम्म दलित अधिकार र समानताका लागि सक्रिय रूपमा आवाज उठाउँदै आएका छन्। उनले सामाजिक न्याय र दलित उत्थानको क्षेत्रमा गरेको कामको कारणले सरकारले उनलाई मन्त्री पदमा नियुक्त गर्ने निर्णय गर्न लागेको स्रोतले जनाएको छ।
हालसम्म सुनारले पाउने मन्त्री पदको बारेमा टुंगो लागेको छैन। राजनीतिक विश्लेषकहरूका अनुसार सामाजिक न्याय, समुदाय विकास वा सम्बन्धित मन्त्रालयमा उनी नियुक्त हुन सक्ने सम्भावना रहेको छ । सुनारको मन्त्री नियुक्तिले दलित समुदायमा थप हौसला प्रदान हुनेछ । सरकारको सामाजिक न्यायप्रतिको प्रतिबद्धता देखाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend