logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

एमाले च्यासल कार्यालयमा संविधान दिवसको कार्यक्रम, सुरक्षा व्यवस्था कडा


  • जन आकाश
  • शुक्रबार, असोज ३ २०८२

काठमाडौं । नेकपा (एमाले) ले च्यासलस्थित पार्टी कार्यालयमा कार्यक्रम गरी संविधान दिवस मनाउँदैछ । कार्यक्रमका लागि नेता कार्यकर्ताहरु च्यासल पुग्ने क्रम जारी छ।



च्यासलमा संविधान दिवसको कार्यक्रम हुने तय भएपछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।बिहानैदेखि नेपाल प्रहरीको बाक्लो उपस्थिती छ। कार्यालय परिसर र आसपास प्रहरी परिचालित छ।

भदौ २३ गते जेनजीले सुरू गरेको आन्दोलन भोलिपल्ट सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र विभिन्न सरकारी कार्यालय तथा निजी भवनहरुमा आगजनी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

त्यसयता उनी नेपाली सेनाको सुरक्षामा शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा बस्दै आएका थिए। उनी बिहीबारमात्रै सेनाको सुरक्षाबाट बाहिर निस्किएका हुन्।

भदौ २४ गते अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो। ओलीनिकट स्रोतले
दिएको जानकारीअनुसार अध्यक्ष ओली भक्तपुरको गुन्डु क्षेत्रमा घर भाडामा लिएर बस्न थालेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend