logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दैलेखमा लेखा अधिकृत १ लाख घुससहित पक्राउ


  • जन आकाश
  • शुक्रबार, असोज ३ २०८२

काठमाडौं । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, र सुर्खेतको संयुक्त टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरेको हो । सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि बिल भुक्तान गर्ने क्रममा उनले एक लाख घुस मागेको अख्तियारले बताएको छ । सोही सूचनाका आधारमा उनलाई अख्तियारले पक्राउ गरेको हो । उनको अहिले थप अनुसन्धान भईरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend