जन आकाश
काठमाडौं । गत साताको जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको सिंहदरबारभित्रका मन्त्रालयहरूमा मर्मत र रङरोगनको काम सुरु भएको छ। आगोले जलेका र यत्रतत्र छरिएका सवारी साधनहरू पनि हटाउन थालिएको छ।
क्षतिग्रस्त मन्त्रालयका बाहिरी भागहरूलाई पानीले पखालेर सेतो रङ लगाउन थालिएको छ। त्यसैगरी, जलेका सवारी साधनहरूमा नम्बर लेखेर क्रेनको सहायताले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सार्ने काम पनि सुरु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend