logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मन्त्री सिफारिसपछि महावीर पुनको अपिल,बधाई दिनु पर्दैन,सुझाव दिनुहोस्


  • जन आकाश
  • सोमबार, असोज ६ २०८२

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सिफारिस भएका महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन्। मन्त्री सिफारिस भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कसैलाई मन्त्री भन्न साह्रै रहर भए कबाडी वैज्ञानिकमन्त्री भन्न आग्रह गरेका हुन्।



मन्त्री सिफारिस भएका पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। ‘मेरो पहिलो घोषणा– कसैले पनि लौ बधाइ छ भनेर फोन नगर्नू होला र बधाइ दिन खादा माला लिएर नआउनु होला। बरू शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नपर्ने ठोस काम र आइडिया छ ।

भने मेरो ह्वाट्सएपमा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिकमन्त्री भन्नु होला,’ उनले लेखेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले पुनलाई आइतबार मन्त्री सिफारिस गरेकी छन्। उनको नाम राष्ट्रपति कार्यालयमा गए मन्त्री भने नियुक्त भइसकेका छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend