logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् दोस्रोपटक विस्तार, आठ सदस्यीय मन्त्रिपरिषद् गठन


  • जन आकाश
  • सोमबार, असोज ६ २०८२

काठमाडौं । गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।



यसअघि उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई नियुक्त गरेकी थिइन् । आज (सोमबार) थप चार मन्त्रीले शपथग्रहण गरेका छन् ।

यसैबीच प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि नियुक्त दुई जना मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन् ।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् ।

कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ । मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की

-परराष्ट्र मन्त्रालय

-खानेपानी मन्त्रालय

-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय

-वन तथा वातावरण मन्त्रालय

-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।
रामेश्वर खनाल

-अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
कुलमान घिसिङ

-ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय
शहरी विकास मन्त्रालय

-ओमप्रकाश अर्याल
गृह मन्त्रालय

-अनिलकुमार सिन्हा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

-महावीर पुन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

-जगदीश खरेल
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय

-मदन परियार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend