logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मकवानपुरको दारिमटारमा तीन सवारी ठोक्किँदा ठूलो दुर्घटना, ३१ घाइते


  • जन आकाश
  • सोमबार, असोज ६ २०८२

काठमाडौं । पूर्व(पश्चिम) राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा(१९) दारिमटारमा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्।



जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend