logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

देशका १० सहरका सार्वजनिक स्थानमा नि:शुल्क वाइफाइ व्यवस्था गर्ने सञ्चारमन्त्री खरेलको निर्णय


  • जन आकाश
  • मंगलबार, असोज ७ २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले देशमा १० सहरका सार्वजनिक स्थानमा निस्शुल्क वाइफाइ व्यवस्था गरिने बताएका छन्।



राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेपछि मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा नि,शुल्क वाइफाइ व्यवस्था गर्ने निर्णय गरेका हुन्।

उनले यो काम ५ महिनाभित्र गरिने बताएका छन्। उनले धुलो र खसानी टक्टक्याएर अघि बढ्ने पनि बताए। साथै उनले कर्मचारीलाई कुनै दबाब नदिने र हस्तक्षेप नगर्ने बताएका थिए।

कर्मचारीले राजनीतिक दल र नेताको हस्तक्षेपबिना स्वतन्त्र रूपमा काम गर्न पाए अब्बल काम गर्न सक्ने विश्वास उनको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend