logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ओली गुन्डु निवासबाट सार्वजनिक, जेनजी विद्रोहपछि पहिलो पटक देखापरे


  • जन आकाश
  • मंगलबार, असोज ७ २०८२

काठमाडौं । ७ असोज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा नेता कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् ।



ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि पुगेका छन् । भेटघाटमा पुगेकाहरूले केपी ओलीसँग फोटो खिचाएर फर्किएका छन् । सार्वजनिक भए पनि ओलीले त्यसक्रममा कुनै प्रतिक्रिया दिएनन् ।

भदौको २३ र २४ गते भएको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली सार्जनिक भएका थिएनन् ।

२३ गते सुरु भएको विद्रोहमा गोली चलेपछि २४ गते आन्दोलनले ठूलो रुप लिएको थियो । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि ठूलो मानवीय र भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसपछि मात्रै उनले राजीनामा दिएका थिए ।

ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रतिनिधि सभा विघटन भइसकेको छ । नयाँ सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend