जन आकाश
काठमाडौं । एक खुट्टाले नाचेर परिचय बनाएकी सीता सुवेदीको निधन शास्त्रीय नृत्यकर्मी सीता सुवेदीको निधन भएको छ।
तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ।
चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन्। उनले १२ वर्षको उमेरमा बोन म्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend