logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कर्णाली प्रदेश प्रहरीको चाडपर्व सुरक्षा कार्ययोजना सार्वजनिक अपराध नियन्त्रणदेखि यातायात व्यवस्थासम्म कडाइ गरिने


  • जन आकाश
  • शुक्रबार, असोज १० २०८२

काठमाडौं । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले यस वर्षको चाडपर्वलाई व्यवस्थित र भयरहित बनाउनका लागि एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना–०८२ बनाएको छ ।



नेपालीहरूको महान चा दसैँ, तिहार र छठ पर्वको अवसरमा हुनसक्ने अवाञ्छित तथा अपराधिक गतिविधिहरूलाई नियन्त्रण एवम् सडक सुरक्षा सुशासन कायम गर्नका लागि कार्ययोजना तयार पारेको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्वको समयमा हुन सक्ने कुनैपनि अपराधिक गतिविधि तथा अवाञ्छि क्रियाकलापहरूलाई हुन नदिई आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूती दिलाई समग्र कर्णाली प्रदेशको चरपर्दो सुरक्षा व्यवस्था मिलाउने कार्ययोजनाको लक्ष्य रहेको छ।

सार्वजनिक स्थल, मेला पर्व लगायतका स्थानहरूमा झै–झगडा, हुलदंगा लगायतका कुनै पनि अपाराधिक गतिविधि हुन नदिने, बैंक तथा वित्तिय संघ संस्था सुनचाँदी गरगहना पसल लगायत आर्थिक कारोबार हुने स्थानहरू र बढी भीडभाड हुने

स्थानहरूमा चोरी, लुटपाट तथा पकेटमारका घटनाहरूलाई नियन्त्रण, बजारमा हुने कालोबजारी, मूल्यवृद्धी, ठगीका घटनाहरू पूर्ण रुपमा नियन्त्रण र सवारी दुर्घटनाका घटनालाई न्यूनीकरणका साथै तोकिएको भन्दा बढी भाडा लिन नदिने र सहज आवागमनको व्यवस्था मिलाउने प्रहरीको उदेश्य रहेको छ।

यस्तै, प्रहरीले सिमा नामकाहरूमा कडाईका साथ चेकजाँच गरी हालै घटेका जेनजी आन्दोलनको कारण नेपाल प्रहरीको लुटिएको हातहतियार तथा विभिन्न कारागारहरूबाट फरार रहेका कैदीबन्दी तथा थुनुवालाई पक्राउ गरिने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend