logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

हराएका हातहतियार फिर्ता नगरे कारबाही, गृह मन्त्रालयको चेतावनी


  • जन आकाश
  • शुक्रबार, असोज १० २०८२

काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।



गृह मन्त्रालयले सूचना जारी गरी विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरेको हो।

प्रहरीले त्यस्ता हातहतियार बुझाउनका लागि असोज मसान्तसम्मको समय दिएको छ। सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ।

सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने पनि मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend