logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पेस्तोलसहित टीओबीको टिसर्टमा देखिएका युवक प्रहरी नियन्त्रणमा


  • जन आकाश
  • सोमबार, असोज २७ २०८२

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका एकजना युवक प्रहरीको अनुसन्धानमा छन  तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरेको हो ।



यो पनि टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने एक जना प्रहरीको नियन्त्रणमा टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने एक जना प्रहरीको नियन्त्रणमा आफूमाथि अनुसन्धान भइरहेको थाहा पाएपछि पेस्तोलबारे ‘स्पष्टीकरण’ दिन उपत्यका प्रहरी कार्यालयमा पुगेका दावालाई त्यहाँबाट भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको थियो ।

‘उनलाई हामीले खोजिरहेका थियौँ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई भन्छन्, ‘नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।’
न्यायिक निकायबाट म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको छ । कतिपयले टीओबी बुलेट बाइकर्सहरुको समूह भएको र फ्रि तिब्बतसँग सम्बन्धित नरहेको दाबी गरिरहेका छन् ।

फ्रि,तिब्बतको समूह सक्रिय हुँदा नेपाल–चीन सम्बन्धमा दरार आउने जानकारहरू बताउँछन् । भदौ २३ र २४ मा भएको प्रदर्शनमा टीओबी समूह कसरी योजनाबद्ध रूपमा सक्रिय भए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend