जन आकाश
नेपाल देश कुनैवेला अरु देशलाई खाद्यन्न निर्यात गर्दथ्यो । धेरै गर्न नसके पनि कोरिया, चीनको तिब्बतलाई खाद्यन्न निर्यात गर्दथ्यो । कोरियालाई त दोस्रो विश्वयुद्धले थलिएको वेला भोकमारीको समयमा १९६१ मा चामाल सहयोग गरेर मानवताको लागि खेलेको भुमिका नेपालका लागि गौरवको ईतिहास छ ।
तर यता नेपाल देशको अवस्था परिवर्तनको नाममा कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र, कहिले गणतन्त्र चाहियो भनेर व्यवस्था माग्दा माग्दै र अधिकारको लागि लड्दा लड्दै आफै मागिखाने अवस्थामा पुगेको छ । विदेशी ऋण नलिने हो भने नेपालको अर्थ व्यवस्था नै चल्न नसक्ने परिस्थितिवाट गुज्रन थालेको छ ।
राणाकालीन साशनको वेला, भोटको तकमरी अर्थात रुपैया पैसा नेपालले छपाउने काम गर्दथ्यो । नेपालमा बनेको जुट मिलवाट उत्पादित जुटको बोरामात्र भारत र बगलादेशमा टनका टन बिक्री गरेर नेपालले आम्दानी गर्दथ्यो । नेपालको भृकुटी कागज कारखानावाट उत्पादन भएको कागज बगलादेश, भुटान त्यही भारतमा समेत बिक्री गर्न सकेको नेपाल आज नेपाली लोक्तोले बनेको कागज वाहेक सवै कागज विदेशवाट आयात गर्न बाध्य भएको छ ।
सीमा जजिकै रहेका भारतीय नागरिकलाई नेपालका खेलमा काम लगाउने नेपालीहरु अचेल बारी बाझै राखेर भारतीय बजारमा कुल्ली काम गर्न जान थालेका छन् ।
नेपालको प्रतिष्ठा सँगै आम्दानी पनि गर्ने उद्योग जस्तै जनकपुर चुरोट कारखाना, बासबारी छालाजुक्ता कारखाना, भृकुटी कागज उद्योग, बालाजु–हेटोडा कपडा उद्योग, बुटवल धागो कारखाना, तराईको रेशमी खेती, विराटनगरको नेपालकै पहिलो जुट मिल, लगायत कारखाना परिवर्तनको लागि अधिकार माग्न लडेका पार्टी सरकारमा पुगेको वेलामा नीजिकरण गरेर कतिपय सकिसकेका छन् । कुनै कुनै अवशेषको रुपमा रहेका छन् । जसमा विरगंजको कृषि औजार कारखाना भने अहिलेका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री आविष्कार केन्द्र नेपालका अध्यक्ष महावीर पुनले सञ्चालनमा ल्याउन खोजिरहेका छन् ।
अधिकार प्राप्त गर्ने नाममा अराजकता मच्चाउदै तोडफोड, आगजनी, अपरहरण, हत्या, हिंसा गर्दै नेपाललाई तहस नहस पार्न उद्यत मानिसहरुको भीडमा नेपाल देशले विदेशमा गएर कमाई गर्ने मजदुरको भरमा बाचेको छ ।
के परिवर्तन यस्तै हुन्छ ? परिवर्तन पछि त विगतको सरकारले गर्न नसकेको काम भन्दा धेरै गुणा राम्रो काम गरेर जनतालाई सेवा दिने राष्ट्रलाई सम्पन्न बनाउने नागरिकको अधिकार सुनिश्चित गर्ने जस्ता कामहरु पो गर्नुपर्ने होला तर नेपालमा भएका कलकारखान २०५० सालमा नीजिकरण गरेर धेरैलाई बेरोजगार बनायो कतिपय पछि व्यवस्थापन राम्रो नहुदा र राजनीतिक पार्टीका भातृ संगठनले नजायज माग राखि आन्दोलन गरी बन्द गराएका छन् ।
त्यसै मध्यको गोरखा जिल्लाको आवु खैरेनीमा रहेको गोरखाली टायर उद्योग यसको उदारण हो । यसरी सवै क्षेत्रमा तहस नहस भएको देशले अरुको मुख ताक्नु वाहेक अरु केही देखिएको छैन । हुदा हुदा अधिकारको लागि भएको २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जेट आन्दोलनको नाममा नेपालको महत्पूर्ण अभिलेख भएका देशका महत्पूर्ण सर्वोच्च अदालत, सिंहदरवार, राष्ट्रपति भवन जलाएर खरानी पारेका छन् । यस्तो सस्कार कस्ले किन सिकायो यसको अध्ययन खोजीको विषय हुनुपर्छ ।
नेपालीहरुको आयस्तर विगतमा भन्दा अहिले बढेको भएपनि नेपालमा कृषि उत्पादन, नेपालीले मानवीय उपभोग्य बस्तुहरु आफैले उत्पादन गर्न छाडेकाले बजारभाउ महगो हुदा नेपालीको अवस्था हेदा वास्ताविक धरातलमा परनिर्भरमुखी बन्दै गएको छ । यस्तै अवस्था कहिलेसम्म राख्ने ? खाना पुगोस् दिन पुगोसको देश कहिले बनाउने ?
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend